ताप्लेजुङमा नाबालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

Two policemen and woman arrested criminal and handcuffed him. Lawbreaker punishment.

ताप्लेजुङमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा २३ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पीडित पक्षको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका प्रारम्भिक अनुसन्धान अनुसार, आरोपितले नाबालिकालाई धम्की दिँदै कात्तिक २९ गते जबर्जस्ती करणी गरेको भन्ने उजुरी दर्ता भएको छ।

घटनाको सम्बन्धमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *